वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
रणनीतिक उद्देश्य
१.करको दरलाई कम तथा दायरालाई वृद्धि गर्दै संघ तथा स्थानीय तहसँग समन्वय गरी कर प्रणालीलाई सरल एवम् अनुमान योग्य बनाउने |
२.प्रदेश तथा स्थानीय तहहरुको कर प्रशासनको क्षमता अभिवृद्धि गर्दै सक्षम र प्रभावशाली बनाउने |
३.सार्वजनिक खर्च प्रणालीमा सुधार गर्दै यसलाई थप वस्तुनिष्ठ र पारदर्शी बनाउने |
४.प्रदेशको खर्च प्रणालीमा निजी तथा सहकारी क्षेत्र समेतलाई सहभागी गराई यी क्षेत्रहरुलाई आर्थिक विकासको सशक्त साझेदारको रुपमा विकास गर्ने |
५.वैदेशिक लगानी तथा वैदेशिक सहायतालाई आवश्यकता एवम् औचित्यको आधारमा तुलनात्मक लाभका क्षेत्रमा परिचालन गर्ने |
६.वित्तीय हस्तान्तरण प्रणालीलाई वैज्ञानिक बनाउने |